कर वृद्धिको हल्ला स्पस्ट गरिएको

कर वृद्धिको हल्ला स्पस्ट गरिएको

प्रस्तुत सन्दर्भमा हाल सामाजिक संजालमा नगरपालिकाले अत्यधिक मात्रामा कर वृद्धि गरेको भनि अतिरन्जित हल्ला फैलिएको विषयमा इनरुवा नगरपालिकाको ध्यानाकर्षण भएको छ । त्यस्तै विभिन्न स्थानीय तहहरुले नेपाल सरकारले पहिले देखि नै निशुल्क उपलब्ध गराउदै आएको सेवाहरु (व्यक्तिगत घटना दर्ता-जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद, जेष्ठ नागरिक परिचय पत्र, छात्रवृति, विपन्नता, असाहाय तथा आर्थिक अवस्था कमजोर भएको सिफारिस, औषधि उपचार सम्बधि सिफारिस आदि) हाल निशुल्क सेवा भनि प्रचारप्रसार गरेको देखिन्छ । उल्लेखित शुल्क/दस्तुर सबै जसो पालिकाले समेत निशुल्क सेवा उपलब्ध गराउदै आएका हुनुपर्छ र आगामी दिनमा पनि निशुल्क नै उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ ।

यस इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा नागरिकलाई प्रत्यक्ष असर पर्ने गरि कुनै पनि क्षेत्रमा कर वृद्धि नगरेको र नगरपालिकाले लिदै आएको ५० वटा करको क्षेत्रमा साविक बमोजिम नै हुने व्यहोरा स्पस्ट पारिएको छ । साथै नगरपालिकाले लिने सम्पूर्ण करमा एकल महिला, अति विपन्न, पूर्ण अपाङ्गता भएका व्यातिका हकमा ५०% छुटको व्यवस्था गरिएको छ । रिक्सा मजदुरको हकमा सिटी सफारी दर्ता नविकरण समेत निशुल्क उपलब्ध गराउने व्यहोरा जानकारी गराइन्छ ।

हामी जनप्रतिनिधिहरुले जनताको भावना अनुरुप नै कामकाज गर्ने भएको हुँदा कर तथा अन्य विषयमा जनतालाई असर पर्ने गरि कुनै पनि निर्णय गरिएको छैन । साथै  आगामी दिनमा पनि जनभावनाको उच्च संम्मान गर्दै सोहि बमोजिम कामकाज गर्ने प्रतिबद्दता व्यक्त गर्दछु  ।

राजन मेहता

(नगर प्रमख)

 

 

 

Share