"सुशासन र पारदर्शिताका लागि सार्वजनिक सुनुवाई कार्यक्रम" मिति २०७३/०३/३१

इनरुवा न.पा.ले आ.व. २०७२/०७३ मा सम्पादन गरेका मुख्य योजना तथा कर्यक्रमहरुको भौतिक तथा वितिय प्रगतिका बारे सम्पूर्ण नगरवासी, पत्रकार, राजनैतिक दलहरुलाई जानकारी गराई नगरको काम कारवाहीलाई खुल्ला र पारदर्शी बनाउने उद्धेश्यले मिति २०७३/३/३१ गते बृहत जनसहभागिताका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ । कार्यक्रममा नगर क्षेत्रका विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ । कार्यक्रममा  उठेका गुनासो तथा सुझावको सुनुवाई कार्यकारी अधिकृत राम चरित्र मेहता ज्यूले गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि: सुनसरी क्षेत्र नं.४ का माननीय सांसद श्री सिताराम मेहता र विशिष्ट अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारीले न.पा.ले गरेका कामकाजको प्रसंशा गर्नु भएको थियो ।

Share