श्री शारदा उच्च मा.वि. CCTV Camera र बिधुतिय हाजिरी जडान

इनरुवा नगरपालिका वडा नं. ५ स्थित श्री शारदा उच्च मा.वि. CCTV Camera र बिधुतिय हाजिरीको उद्घाटन गर्नु हुदै नगर प्रमुख श्री राजन मेहता ज्यू । इनरुवामा शिक्षा क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गरि शैक्षिक गुणस्तर वृद्धि गराउने प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।
वडा अध्क्षय श्री अन्जनी कुमार पोखरेलका अनुसार विद्यालयक्षेत्रलाई पनि सूचना प्रविधि मैत्री बनाइ शुसासन कायम गर्न वडा नं. ५ को बजेटबाट यो कार्य सम्पन्न गरिएको छ।
साथै पुर्व मेयर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खेमराज पोखरेल ज्युका अनुसार यो प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थी दुवैलाई जवाफदेही बनाउने र शैक्षिक गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

Share