स्थानीय विपद व्यवस्थापन समिति गठन

स्थानीय विपद जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६८ बमोजिम यस इनरुवा नगरपालिका कार्यालयको स्थानीय विपद जोखिम व्यवस्थापन योजना (LDRMP) तयार गर्न आज मिति २०७३/११/१० गते मंगलबार कार्यकारी अधिकृत राम चरित्र मेहता ज्यूको अध्यक्षतामा बसेको बैठकबाट स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अध्यक्ष/सदस्य सचिव कार्यकारी अधिकृत तथा नगरका सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सबै वडाका वडा सचिव, रेडक्रस सोसाइटी, उधोग बाणिज्य संघ इनरुवा, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु कार्यालय, जिल्ला कृषि विकास कार्यालयका प्रमुखहरु सदस्य रहनेछन् ।

यसका साथै कार्यक्रम अधिकृत कपिलदेव मेहता ज्यूको संयोजकत्वमा स्थानीय विपद जोखिम व्यवस्थापन योजना तयार गर्न कार्यदल समेत गठन गरिएको छ । कार्यदलले एक महिना भित्रमा इनरुवा नगरपालिकाको स्थानीय विपद जोखिम व्यवस्थापन योजना तयार तयार गरि प्रतिवेदन पेश गर्नेछ ।

Share