इनरुवा नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई स्वागत छ ।

इनरुवा नगरपालिका नेपालको प्रदेश नं. १ अन्तर्गत सुनसरी जिल्लामा अवस्थित सदरमुकामको रुपमा रहेको यो नगरपालिका तत्कालिन महेन्द्र राजमार्ग र हाल पुर्व पश्चिम लोकमार्गको लम्बाई ७ कि.मि. र उत्तर दक्षिण ४ कि.मि. रहेको छ । भौगोलिक सिमांकन अनुसार पुर्वमा गढी गाउँपालिका, पश्चिममा भोक्राहा गाउँपालिका, उत्तरमा रामधुनी नगरपालिका र इटहरी उपमहानगरपालिका र दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको नगरीको नाम इनरुवा हो । यो नगरपालिका राजनैतिक हिसाबले १० (दश) वटा वडाहरुमा विभाजन रहेको छ ।
यस जिल्लामा रहेका ६ वटा नगरपालिका मध्ये इनरुवा नगरपालिका एक हो भने अन्य नगरपालिकामा रामधुनी, दुहबी र बराह र उप महानगरपालिकामा धरान र इटहरी  रहेका छन् । यो नगरपालिका वि.सं. २०४७ सालमा नगर पंचायत बाट  नगरपालिका भई राज्य पुनरसंरचना भए पश्चात मिति २०७३/११/२७ बाट इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (स्थानीय सरकार) को रुपमा रहेको छ।

Share