QMS सिस्टमको सुरुवात सम्बन्धमा ।

यस इनरुवा नगरपालिका कार्यालयको राजस्व शाखामा सेवाग्राहीहरुको चापलाई व्यवस्थापन गर्ने उद्धेश्यले मिति २०७२ माघ ७ गते बाट QMS सिस्टम प्रयोगमा ल्याइएको छ । यस सिस्टममा सेवा लिन आउने सबै सेवाग्रहिहरुलाई Computer Software को मध्यमबाट थर्मल प्रिन्टरको प्रयोग गरि टोकन उपलब्ध गराइन्छ । एकिकृत सम्पति कर तिर्न A लाइनको र अन्य कर तिर्न C लाइनको टोकन उपलब्ध गराइएको छ । आफुले प्राप्त गरेको टोकन नम्बर Digital Display मा देखिएपछि र अडियो मार्फत समेत बोलाएपछि शाखाबाट सेवालिन सकिन्छ ।

Share