Submitted by ictv on Sun, 05/29/2016 - 13:21
इनरुवा नगरपालिकाको आयोजनामा मिति २०७३ जेष्ठ १४ का दिन देखि नगरलाई खुल्ला दिसा मुक्त क्षेत्र, बालश्रम मुक्त, बाल विवाह मुक्त, छुवाछुत मुक्त, साक्षर नगर, पूर्ण खोप युक्त र पूर्ण जन्मदर्ता युक्त नगर घोषणा गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण #धुर्मुस र #चम्सुरी , उपस्थिति: नगरपालिका परिवार, सुनसरी क्षेत्र नं. ४ का माननीय सांसद श्री सिताराम मेहता, राजनैतिक दल (जिल्ला र नगर),बिधार्थी, सरकारी तथा गैर सरकारी संस्थाहरु, पत्रकार, वडा नागरिक मंच, टोल विकास संस्था, उधोग बाणिज्य संघ तथा सम्पूर्ण नगरवासीहरु...
उक्त कार्यक्रममा #धुर्मुस सुन्तली फाउन्डेसनलाई इनरुवा नगरपालिकाले रु.११११११ (एक लाख एघार हजार एक सय एघार रुपैया) , उधोग बाणिज्य संघ र निर्माण व्यवसाइ संघको तर्फबाट रु. ५०००० (पचास हजार) प्रदान गरिएको थियो।