Submitted by ictv on Fri, 06/24/2016 - 16:49
सूचना सूचना सूचना!!!
मिति: २०७३/०३/१०
बिषय : कार्यक्रम अधिकृत (LGCDP Focal Person) को
परिक्षा स्थगित गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस इनरुवा नगरपालिका कार्यालयले कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदका लागि मिति २०७३/३/११ गते संचालन गर्ने भनिएको लिखित परिक्षा नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको च.नं. ४४४, मिति २०७३/०३/१० को निर्देशन अनुसार अर्को व्यवस्था नभए सम्मका लागि परिक्षा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
राम चरित्र मेहता
कार्यकारी अधिकृत